Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुल खोल्नेबारेमा अन्यौलता कायमै

हाम्रो कोशी आवाज
असोज ११ २०७७, आइतबार
धरानमा स्कुल खोल्नेबारेमा अन्यौलता कायमै

धरानः धरानका स्कुल खोल्नेबारेमा अन्यौलता कायमै छ । धरान उपमहानगरपालिकामा बनाइएको सुझाव कार्यदलले कक्षा-८ देखि १० सम्म परीक्षणका रुपमा स्कुल चलाउन भन्दै सुझाव दिएपछि अहिले त्यो पनि थाँती छ । यसबारेमा पनि उपमहानगरपालिकाले केही निर्णय लिन सकेको छैन ।
अहिले उपमहानगरपालिकाले शिक्षक, स्कुल सञ्चालक, विज्ञ समूह, शिक्षाविद्को सुझाव लिइरहेको मेयर तिलक राईले जानकारी दिएका छन् ।उनले स्वास्थ्य मापदण्ड पुरयाएर स्कुल सञ्चालन गर्ने मनस्थितिमा उपमहानगरपालिका लागेको बताए । उनले एकातर्फबाट छलफल गरौं स्कुलचाहिँ वैकल्पिक व्यवस्थापनबाट खोलौं र दशैं, तिहार र छैठपछि सञ्चालन गरौं भन्ने सुझाव आएको जानकारी दिए ।
यसैबीच कोरोनाको जोखिम यथावत रहिरँदा धरानमा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ ।
सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न विद्यार्थीको वर्गीकरण र अभिलेखिकरणको काम भइरहँदा कस्तो विधि अपनाउन उपयुक्त हुन्छ भन्नेमा टुंगोमा पुग्न नसक्दा विद्यालय प्रशासन, शिक्षक र अभिभावकमा अन्योल देखिन थालेको हो ।
यद्यपि कतिपय विद्यालयले अनलाइन कक्षा चलाइरहेका छन् भने कतिपयले चलाएकै छैनन् । सिकाइका वैकल्पिक विधिबारे आआफ्नो अनुकूल हुने सुझाव अभिभावक र शिक्षकबाट आउन थालेपछि कुन विधि उचित हुन सक्छ भन्नेमा टुंगो लगाउन अलमल भएको हो ।

प्रकाशित मिति: असोज ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend