Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः सेल्फी लिँदा मानसिक असर

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
नयाँ अध्ययनः सेल्फी लिँदा मानसिक असर

धरानः प्राय सबै स्मार्टफोनले वर्षौंदेखि अनुहारको डन्डिफोर, पोतो हटाएर सुन्दर देखाउन ‘ब्युटी’ फिल्टरको प्रयोग गर्दै आएका छन् । तर, बोस्टोन मेडिकल सेन्टरले गरेको ‘अ न्यु रियालिटी फर ब्युटी स्टान्डर्स’ नामक अध्ययनले यस्ता फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने देखाएको छ ।
परिणामस्वरूप हालै सार्वजनिक गरेका स्मार्टफोनहरूमा गुगलले स्वत: आउने यस्ता फिल्टर हटाएको छ । र, अन्य ओरिजनल इक्‍विपमेन्ट म्यानुफ्याक्चरर (ओइम)लाई पनि समावेश नगर्न प्रेरित गरेको छ ।
“सेल्फीमा हुने फिल्टरको प्रयोगले मानिसको सामान्य जीवनमा नकारात्मक प्रभाव पुर्‍याउँछ भने हामी बुझ्छौं,” गुगलले भनेको छ, “हामीले यसबारे विश्‍वभरका मानसिक रोग विशेषज्ञसँगको सल्लाह र विभिन्‍न अध्ययनको रिपोर्टलाई आधारमा मानेर स्वत: आउने फिल्टर हटाएका छौं ।”
गुगगले ओइएम र क्यामरा डेभलोपर कम्पनीहरूलाई पनि ‘इन्ह्यान्समेन्ट’, ‘ब्युटिफिकेसन’ र ‘टच-अप’जस्ता शब्दावलीलाई हटाएर ‘फेस रिटचिङ’को प्रयोग गर्न सुझाव दिएको छ।
गुगलले आफ्नो यो सुझाव आफैले पनि लागु गर्न पिक्सेल स्मार्टफोनमा ‘फेस रिटचिङ’लाई अनिवार्य समावेश गर्नेछ। तर, फिल्टरको प्रयोग गर्ने विकल्प भने उपलब्ध हुने तर मोबाइलको सिस्टम युआईले यसले कस्तो असर पार्छ भन्‍ने स्पष्ट पार्ने गुगलले बताएको छ।
बडी इमेज

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend