Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘हुन्न रहेछ परदेशमा’ सार्वजनिक

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
‘हुन्न रहेछ परदेशमा’ सार्वजनिक

धरानः वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत ‘हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण अधिकारीको रहेको छ। यस गीतलाई कमल रसाइलीले संगीतवद्द गरेका हुन्। गीतमा टेकेन्द्र याक्शोको संगीत संयोजन रहेको छ।
कोरना कहरविच सार्वजनिक गरिएको भिडियोमा कोरनाको कारण यसपटकको दशैँ, तिहारमा घर आउन नपाउनुको दुख पिडा पोखिएको छ । म्युजिक भिडियोमा सारिका केसी र श्रीकृष्ण अधिकारी मुख्य भुमिकामा फिचर्ड छन् भने साथमा कशिश रेग्मी र प्रतिक अधिकारीको अभिनय देख्न सकिन्छ। रक कौशलले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो।
यस गीतका रचनाकार र कलाकार अधिकारी लामो समय विदेशमा काम गरेर हाल नेपालमा आधुनिक कृषि व्यवसायमा संलग्न छन् र गायक रेग्मी पनि विदेशमा काम गरेको अनुभवलाई समेट्दै हाल कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन्।
निर्माण टिमले सम्पुर्ण नेपालीहरुलाई दशैँको अग्रिम शुभकामना व्यक्त गर्दै यस गीतलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend