Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायक राई र गायिका लामाको ‘हृदयको आवाज’ सार्वजनिक

हाम्रो कोशी आवाज
असोज २१ २०७७, बुधबार
गायक राई र गायिका लामाको ‘हृदयको आवाज’ सार्वजनिक

धरानः गायक दाउत राई र गायिका दीपा लामाको युगल स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्ध गरेका हुन् । गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनको रोमान्स देख्न सकिन्छ । प्रदीप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई निर्देशक देव जंग थापाले छायांकन र निर्देशन गरेका हुन् । भिडियो गायक राईको अफिसिएल च्यानल ‘दाउत राई’ मार्फत् सार्वजनिक गरिएको छ ।
शब्द सिर्जनामा क्रियाशील रचनाकार बान्तुका यसअघि ‘तिम्रो सहर’, ‘फरिदा’ बोलका गीतहरु स्रोतामाझ लोकप्रिय छन् । कोरना कहर विच निकै मेहेनत साथ तयार पारिएको यस कोसेलीलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक स्रोता र मिडिया हाउसलाई निर्माण टिमले आग्रह गरेका छन् ।

प्रकाशित मिति: असोज २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend