Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका शिक्षकले पाए २५ किलो चामल !

हाम्रो कोशी आवाज
असोज २३ २०७७, शुक्रबार
धरानका शिक्षकले पाए २५ किलो चामल !

धरानः धरानका निजी स्कुलका शिक्षकले शुक्रबार राहत पाएर ठूलो राहत महसुस गरेका छन् ।
निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकले नै राहत दिएकी हुन् । पदम मेमोरियल बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल पुष्पा फोम्बो विदेशमा रहेका आफन्तलाई हारगुहार गरेपछि करिब दुई लाख रूपैयाँ आएको हो । त्यही दुई लाखको २५ केजी चामल, २ केजी दाल, ३ लिटर तेल, ३ केजी चिउरा र केही बिस्कुट वितरण गरिएको थियो ।
‘धरानका शिक्षकले इटहरी, पञ्देश १ सरकारसम्म पनि पुगेर तलब नदिएकोबारे गुनासो गरे तर अहिलेसम्म तलब पाएका छैनन्, पढाउने शिक्षकले तलब नपाउँदा भोकै रहनुपर्ने अवस्थाबारे मैले बुझेकी थिएँ’, उनले भनिन्, ‘त्यही भएर विदेशमा रहेका आफन्तलाई गुनासो गरेपछि राहतका लागि रकम आएको हो, त्यो रकमले चामललगायत अन्य खाद्य सामग्री वितरण गरेकी हुँ ।’
८२ जना शिक्षकले राहत पाएको उनले बताइन् । कार्यक्रम संयोजक तथा इष्टु सुनसरी जिल्ला कोषाध्यक्ष आकाश भाटीले । कार्यक्रममा सियोन स्कुलका भाइस प्रिन्सिपल राकेश चौधरी, समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू, पदम मेमोरियल स्कुलका प्रिन्सिपल वसन राई, इष्टुका जिल्ला उपाध्यक्ष आनन सुब्बा, त्रिवेणी स्कुलकी कोअर्डिनेटर अञ्जु सापकोटालगायतको उपस्थिति थियो ।
इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिएपनि अहिलेसम्म समस्याको समाधान नभएको बताए । कोरोनाको चपेटामा निजी विद्यालयका शिक्षक बढी पीडित बनेको उनको भनाइ छ ।
अहिले पनि कतिपय निजी विद्यालयका शिक्षक भोकभोकै रहेको र विकल्प सोंच्दै मजदुरी पनि गर्न बाध्य बनेको उनको भनाइ छ । ‘हामी भोकभोकै छौं, खान देऊ भन्दा पनि अहिलेसम्म कुरै सुनिएन’, उनले भने, ‘तलब नदिएपछि ऋण गरेको पैसा तिर्न सकेका छैनौं ।’
उता निजी विद्यालयका सञ्चालकहरूले भने आफूहरूले शूल्क उठाउन नपाएकोले शिक्षकहरूलाई तलब दिन नसकेको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति: असोज २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend