Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘तातो समाचार’ सार्वजनिक

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७७, बुधबार
‘तातो समाचार’ सार्वजनिक

विराटनगरः गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ ।
यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन् । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक स्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन् ।
अहिले गीत संगीतको बाढी नै आएको छ । नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छ । यो हप्ता मात्र प्रेम घिमिरेको संगीतमा ४ ओटा गीत सार्वजनिक भइसकेको छ । उनकै संगीतमा केही गीतहरू सार्वजनिक हुने तयारीमा छन् । यो गीत रमाइलो बनेको र म्युजिक भिडियो पनि राम्रो बनेकोले यो गीतले धेरैको मन जित्ने आशा संगीतकार प्रेम घिमिरेले लिएका छन् ।

प्रकाशित मिति: कार्तिक ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend