विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ ।
धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन् । यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन् । कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ । आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ ।
सेल्फ टाइमः विवाहपछि महिलाले पतिसँग सँगै परिवारलाई पनि समय दिनुपर्ने हुन्छ । उनीहरुमाथि यति धेरै जिम्मेवारी आउने गर्दछ की उनीहरु आफूलाई समय दिन पाउँदैनन् । जसबाट दिक्क भएर उनीहरुमा विवाह गरेकोमा कहिलेकाही पछुतो मान्ने गर्दछन् ।
पर्सनल स्पेनः हर कोहीको जीवनमा पर्सनल स्पेन आवश्यक हुने गर्दछ । यदी हामीले विवाहको कुरा गरौँ भने उनीहरुलाई यस्तो जीवनका लागि समयनै मिल्दैन । जब उनीहरुलाई आफ्नो चीज गर्ने मौका नै मिल्दैन तब उनीहरुलाई विवाह गरेमा पछुतो हुने गर्दछ ।
आफैलाई परिवर्तन गर्नुः विवाहपछि महिलालाई धेरै सम्झौता गर्नुपर्ने हुन्छ । उनीहरुले हरेक स्थितीमा आफूलाई फिट राख्ने प्रयास गर्नु पर्ने हुन्छ । यी सबै कुरालाई लिएर कहिलेकाही दिक्क हुने हुँदा उनीहरु विवाह गरेकोमा पछुतो मान्ने गर्दछन् ।
पूर्व पति वा प्रेमसँग तुलनाः हुनत कहिले पनि पूर्व प्रेम वा पतिसँग तुलना गर्नु हुँदैन । कहिलेकाही विवाहपछि महिलाका अघि विभिन्न समस्या आउने गर्दछन्, तब उनीहरुलाई महशुस हुने गर्दछन् की यो भन्दा बरु पूर्व प्रेम वा पति भएको भए राम्रो हुने थियो होला । यस्तो अवस्थामा महिला आफ्नो विवाहको फैसलामा पछुतो मान्ने गर्दछन् ।
बच्चा बनाउन हतारः विवाह गर्ने वित्तिकै युवतीमा बच्चा जन्माउने दवाब आउन सुरु हुन्छ । अरु यसका लागि युवती तयार नहोस्, तर कुनै न कुनै बहानामा उसले यो कुरा सुन्नु पर्दछ । हरेक दिन बच्चाको कुरा सुन्दा उनीहरुलाई विवाह गरेकोमा पछुतो हुने गर्दछ ।