Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘चुपचाप बदलियो’ सार्वजनिक (भिडिओसहित)

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
‘चुपचाप बदलियो’ सार्वजनिक (भिडिओसहित)

धरानः आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ कोसेली ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ । यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् ।
सन् ८० को दशकको झझल्को दिने म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन् । काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् । जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो ।
अग्रिम रुपमा दशैँको शुभकामना व्यक्त गर्दै गायक गजुरेलले यस भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend