धरानः गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् ।
कोभिड–१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियोसहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानलमार्फत् लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् ।
गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् ।
वर्षदिनमा आउने चाड
खुशीले छायो सारा गाउँ–शहर
दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली
खुशीले रमाऊ आऊ झुमौं
नाचौं गाऔं गरौँ रमाइलो
दशैं आयो
खुशीको बहार आयो
गाउँ शहरमा उमङ्ग छायो
आगामी वर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियोसहित गीत रिलिज गर्ने वातावरण तयार होस् भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन् ।
