Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘म तिमी’ सार्वजनिक (भिडिओसहित)

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७७, शुक्रबार
‘म तिमी’ सार्वजनिक (भिडिओसहित)

धरानः मोडल प्रशान्तजंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रशान्तजंगको स्वरमा रहेको गीतमा प्रवेजजंग शाहको शब्द र संगीत रहेको छ ।
म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । ‘बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन् । दशैंको अग्रिम शुभकामनासहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।

https://youtu.be/0zduaiQbx9E

प्रकाशित मिति: कार्तिक ७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend