Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

योगले पनि कोरोना जितिन्छः चिकित्सक

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७७, शनिबार
योगले पनि कोरोना जितिन्छः चिकित्सक

हाल नेपालमा कोरोना कहर बढ्दै गइरहेको छ । जति कोरोना संक्रमितहरुको संख्या बढदै जान्छ त्यति जनमानसमा यसको त्रास फैलदै जान्छ । तर जति हामी त्रसित हुन्छौ त्यति हामीलाई यो रोग लाग्ने वा लागि सकेकाहरुलाई गलाउने सम्भावना हुन्छ । त्यसैले त्रसित भएर बस्नुको सट्टा यसबाट सुरक्षित रहने खालको जीवनशैलि, प्राकृतिक नियम कानुनहरु र योग अभ्यासलाई आत्मसाथ गर्नुपर्दछ ।
कोरोनाले विशेषगरि स्वासप्रश्वास प्रणालीलाई असर गर्दछ । कोरोना भाइरस नाक, मुख र आँखाको माध्यमबाट फोक्सोभित्र प्रवेश गर्दछ । ज्वरो, खोकी, थकान यसका मुख्य लक्षणहरु हुन् भने खकार निस्कनु, टाउको दुख्नु, नाकबाट रगत बग्नु, पखाल लाग्नु स्वास फुल्नु र लिप्फोसाइड रक्तकोषिकाहरुको कमी हुनु सहायक लक्षणहरु हुन ।
कोभिड लागेकाहरुमा सेतो रगत कोषिकाहरुको मात्रामा गडबढी, फोक्सोको समस्या र रगतमा प्रो इन्फ्लामेटरी साइटोकाइन्सहरु, सि रियाक्टिभ प्रोटिनमा वृद्धि भएको पाइएको छ ।

वुहान शहर बाहिर बस्ने ७२,३१४ जनामा गरिएको अनुसन्धान अनुसार यो रोगबाट ८१ प्रतिशत सामान्य (बढि भएमा सामान्य निमोनिया), १४ प्रतिशत गम्भिर, ५ प्रतिशत अति गम्भिर र २.३ प्रतिशतको मृत्यु भएको थियो । वुहान सहरमा भएका संक्रमित व्यतिmहरु मध्ये १३ प्रतिशतलाई अन्य रोगहरु (मधुमेह, उच्चरक्तचाप, मुटुको रोग ) भएको पाइएको थियो ।
अमेरिकामा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग तथा मोटोपन रोगले गस्रितहरु रहेको एक अनुसन्धानले जनाएको छन् । त्यसैले यस्ता रोगहरु लागेका व्यतिmहरुले विशेष ध्यान पुरयाउनु पर्दछ ।
यस रोगको गम्भिरता, सार्स भन्दा कम छ र यसबाट मर्ने सम्भावना २ प्रतिशत मात्रै छ । चाइनामा ४० वर्षभन्दा माथिका उमेर समुह बढि ग्रसित र ६० उमेर कटेकाहरुको मुत्युदर ९८० प्रतिशत बढिरहेको पाइएको छ । अमेरिकामा ८५ वर्षभन्दा बढी उमेर भएकाहरुका मृत्युदर उच्च रहेको छ ।
क्वारेन्टाइनमा मात्र बसेर यो रोगबाट छुट्कारा पाउन सकिन्नँ । व्यक्तिगत सरसफाई, साथै रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने र रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गर्ने खालका क्रियाकलापहरु त्याग गर्नु अत्यन्तै जरुरी छ । रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा मात्र यो रोगले छोएपनि चाँडै निको हुन्छ । र योग यसको लागि सहायक सिद्ध हुनसक्छ ।
योग अभ्यासहरुले जनरल रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुको साथ साथै फोक्सोको क्षमता र रेसिस्टेन्ट पावर बढाउँछ, तनाव न्युनीकरण गर्दछ र सकरात्मक सोच, निडरताको विकास गर्दछ जुन यो कोभिड १९ संग जुध्न अत्यन्तै जरुरी छ ।
योग अभ्यासहरुले फोक्सोको कार्य क्षमताको वृद्धि गर्दछ । फोक्सोले आरामका साथसाथै बल लगाएर एकचोटीमा धेरै सास भित्र लिन सक्ने क्षमताको विकास हुन्छ । सास भित्र रोकिराख्ने क्षमताको वृद्धि हुन्छ । सास लिंदा प्रयोग हुने मासंपेशीहरुलाई पनि बलियो बनाउँछ ।
योग अभ्यासहरुले उच्च रक्तचाप, मधुमेह, दमलाई कम गर्न मद्दत गर्दछ साथै मुटु रोगलाई पनि फाइदा पुरयाउँछ । ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा योग अभ्यासहरुले मुटुको क्षमतालाई बचाइराख्न मद्दत गर्दछ ।

तनावले गर्दा रगतमा एद्रिनालिन, नरएद्रिनालिन, कर्टिसोल हर्मोनको वृद्धि हुन्छ जसको कारणले सेतो रक्त कोषिकाहरुलाई काम गर्न दिँदैन । सेतो रक्त कोषिकाहरु शरीरको रोग प्रतिरोधात्मक क्षमताको मुख्य आधार हो । यो कमजोर भएमा रोग लाग्दछ । तर नियमित योग अभ्यास गर्नाले तनाव कम हुन्छ साथसाथै यी हर्मोनहरु कम हुँदै जान्छ ।
योग अभ्यासहरुले रगतका कोषिकाहरुसम्मलाई असर पुरयाउँछ । योग अभ्यासहरुले दिमागमा अल्फा वेभ्सको मात्रा वृद्धि गर्दछ जुन तनाव कम हुनु र आनन्दित हुनुको लक्षणहरु हुन् । प्राणायामहरु नाडिशोधन, सूर्य अनुलोम विलोम साथसाथै चन्द्र अनुलोम विलोमले शरीरमा अक्सिजनको आपूर्ति बढाउँछ ।
योग अभ्यासको आराम गर्ने विधि योग निद्राले इएसआरको मात्रा घटाउँछ । मात्रा घट्नु भनेको इन्फ्लामेसन घट्नु हो अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुुनु हो । योग निद्राले गहिरो आराम प्रदान गर्ने भएकोले शरीरका सबै अंगहरुले आफ्नो काम प्रभावकारी रुपमा गर्दछ । स्नायु प्रणालीलाई मजबुद पार्दछ । स्नायु प्रणाली प्रभावकारी भएमा यसको निर्देशनमा चल्ने शरीरको अंगहरु र इमुन सिस्टमले राम्ररी काम गर्दछ ।
विभिन्न अध्ययनहरुले देखाए अनुुुुसार योग अभ्यासहरुले निद्रा गहिरो र गुणस्तरीय बनाउँछ, निद्रा चाँडै लगाउँछ, जीवनको गुणस्तर पनि बढाउँछ । निद्रा राम्रो भएमा मात्र रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम गर्न सक्छ ।
निद्रा राम्रो भएन भने स्नायू प्रणाली कमजोर हुन्छ, शरीरमा एन्टिअक्सिडेन्टको स्थिती विग्रिन्छ, इन्फ्लामेसन बढाउँछ, कलेजो, आन्द्राका कोषिकाहरु बिग्रिन्छ, दिमागमा टक्सिनहरु जम्मा हुन्छन् र डिप्रेशन, तनाव, रिस, गैर सामाजिक क्रियाकलाब गर्ने मनस्थिति बन्छ ।
ठूलो आन्द्राको स्वास्थ बिग्रेमा, कब्जियत भएमा लिकि गट को स्थिति सिर्जना हुन्छ । यदि लिकि गट छ भने जुनसुकै रोगले पनि गभ्भिरताको स्थिति ल्याउन सक्छ । योग अभ्यासहरुमा शंख प्रक्षालन गर्दा ठूलो आन्द्राको स्वास्थमा सुधार ल्याएर समग्र शरीरको स्वास्थ्यको स्थिति राम्रो बनाउन सकिन्छ ।

दैनिक सूर्यनमस्कार, बज्रासन, गोमुखासन, पश्मिोतानासन, शशांकासन, ताडासन, कटि चक्रासन, अर्ध कटिचक्रासन, सवासन, मर्झरी आसन, साथसाथै प्राकृतिक चिकित्साका विधाहरु भोजनमा सुधार, सूर्यस्नान, वायुस्नान, मसाज, स्टिम बाथ, हर्वल पेयहरु, आदि पनि अपनाएमा कोभिडको लडाइँ चाँडै जित्न सकिन्छ ।
रोगसँग लड्ने क्षमता बढाउन के गर्ने ?
डाइट प्लान
स्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ । हाम्रो शरीरको बनावट डाइटमा निर्भर रहन्छ । शरीरलाई फिट राख्नका लागि पौष्टिक खाना खानु आवश्यक हुन्छ । यदि मानिसले आफ्नो लाइफस्टाइल परिवर्तन गर्ने सोच बनाउँछ भने पहिले आफ्नो खानपानमा ध्यान दिनु जरूरी हुन्छ । डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई वृद्धि गर्छ ।
राम्रो निन्द्रा
हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरै हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ । मानिस जति सुत्छ, उति नै तनावबाट छुटकारा पाउन सफल हुन्छ । यदि मानिस दैनिक ७ घण्टा भन्दा कम सुत्छ भने मानिसको प्रतिरोधी क्षमता कमजोर हुन्छ र शरिरमा रोगले चाँडै आक्रमण गर्न सक्छ ।
दैनिक व्यायाम
आफूलाई एक्टिभ र तन्दुरुस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ । व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेसन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्दत गर्छ । यसका साथै, एक्सरसाइज गर्नाले मानिसको शरिरमा हर्मोनको उत्पादन सही ढंगले हुन् छ। यसले मानिसको ब्लड प्रेसर र मुड सही रहन्छ र मानिस दिनभर एक्टिभ रहन्छ ।
तनावको कमी
हाम्रो शरीरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव । तनाव बढ्नाले शारीरिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुन्छ । तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ । तनावलाई कम गर्नका लागि कुनै न कुनै खेल खेल्नु राम्रो हुन्छ । तनावलाई कम गर्नका लागि खेलको विशेष महत्व हुन्छ ।
हाँस्ने र हँसाउने
जीवनको जुनसुकै अवस्थामा पनि कहिल्यै निराश नहुनुस् । आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हाँस्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरीरको प्रतिरोधी क्षमताको बृद्धि हुन्छ ।

प्रकाशित मिति: कार्तिक ८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend