Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरपालुवा जनावरले मुटु स्वस्थ

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
घरपालुवा जनावरले मुटु स्वस्थ

पहिले प्रायः गाउँघरमा भेटिने घरपालुवा जनावर अहिले सहरका घरहरूमा अभिन्न सदस्यका रूपमा देखिने गरेका छन् । घरको सुरक्षार्थ खटिने कुकुर होस् वा एक्युरियममा पालिएका विभिन्न रङ र प्रजातिका माछा हुन्, व्यस्त सहरिया जीवनमा मानिसका सुख–दुःखका अभिन्न मित्र बन्दै आएका छन् । कतिपयले त जनावरविनाको जीवन कल्पनै गर्न नसक्ने पनि बताउने गरेका छन् । घरपालुवा जनावरसित समय बिताउँदा मानव स्वास्थ्यमा अनगिन्ती फाइदा पुग्ने अध्ययनले प्रमाणित गरेको छ । घरपालुवा जनावर (विशेषगरी कुकुर) ले मानव स्वास्थ्यमा पुरयाउने फाइदाबारे जानकारी:
१. घरपालुवा जनावरले मुटु स्वस्थ राख्छ सहयोग गर्छन्:
घरपालुवा जनावरले अप्रत्यक्ष रूपमा मानव स्वास्थ्यमा फाइदा गरिरहेका हुन्छन् । जस्तै, कुकुरले हृदयरोग हुनबाट बचाउँँछ । कुकुरसँग हिँड्दा मुटुलाई फाइदा पुग्छ । बिहानको समयमा कुकुरसँग हिँड्दा सबैभन्दा बढी फाइदा गर्ने जानकारहरू बताउँछन् । घरपालुवा जनावरसँग खेल्दा वा हिँड्दा समय बितेको थाहा हुँदैन, जसले मानव स्वास्थ्यमा धेरै फाइदा पु¥याउँछ । कुकुरको रक्तचाप एकदमै कम हुन्छ जसका कारण रक्तचाप बढाउन ऊ हिँडिरहन्छ । कुकुरसँगै हिँड्दा मानिसलाई पनि फाइदा पुगिरहेको हुन्छ । मुटुसम्बन्धी रोगमा घरपालुवा जनावरले निकै फाइदा पु¥याइरहेका हुन्छन् ।
२. घरपालुवा जनावरले साथी बनाउन सहयोग गर्छन्ः
कुकुर, बिरालो तथा खेतीमा लगाइने अन्य घरपालुवा जनावरलाई माया चाहिन्छ । उनीहरू मित्रता र मायाका अत्यन्त भोका हुन्छन् । उनीहरूले मानिसलाई छिटो मित्र बनाउँछन् । अर्को कुरा साथीहरूको लागि मुख्य स्रोत हुन् । घरपालुवा जनावर सानो–ठूलो नभनी मानिससँग संगत गर्छन् । घरमा पाहुना आउँदा पनि केही समयमै घुलमिल हुन सक्छन् । उनीहरूबाट हामीले मित्रताको महत्व बुझ्न सक्छौँ । मित्रता सन्तुष्टि र सन्तुष्टिले स्वस्थ रहन मद्दत गर्छ ।
कुकुर महत्वपूर्ण घरपालुवा जनावर हो । आजकल बिहान–बेलुका कुकुर साथमा लिएर हिँड्ने चलन मौलाउँदो छ । प्रारम्भमा कुकुुर लिएर हिँड्न खासै रुचाइँदैनथ्यो । तर, आधुनिकतासँगै विशेषगरी सहरमा कुकुरप्रतिको मायामोह चुलिँदै छ । तपाईं कुनै दिन कुकुरलाई लिएर सहरको कुनै गल्ली वा पार्कमा जानुहुन्छ, त्यहाँ धेरै किसिमका मानिस भेट्नुहुन्छ । तपाईंको कुकुरलाई मनपराएर मानिसहरू बोलाउन, खेलाउन थाल्छन् । बिस्तारै उनीहरू तपाईंका साथी बन्छन् ।

३. घरपालुवा जनावरले खुुसी बढाउँछन्ः
तपाईं लामो कामको थकान बोकेर घर आउनुभएको छ भने पनि केही समय घरपालुवा जनावरसँग खेल्ने, जिस्कने गर्नुभयो भने थकानको महसुस कम हुन्छ । अनुसन्धानकर्ताको भनाइअनुसार कुकुरसँग खेल्दा चिन्ता र थकानबाट मुक्ति पाइन्छ । कुकुरसँग खेल्दा दिमागको सक्रियता बढ्छ, शान्ति र आनन्द प्राप्त हुन्छ । परिवारसँग बस्दा नपाएको आनन्द घरपालुवा जनावरसित पाइन्छ, खुसीको सीमा नै बढ्छ । वर्तमानमा जनावरहरू मानिसका पारिवारिक सदस्यझैँ बनेका छन् ।
घरपालुवा जनावरले मानिसलाई माया र बालबच्चाप्रतिको जिम्मेवारी सिकाउँछन् । जनावरको आनीबानीबाट मानिसले बालबच्चाको स्याहार गर्न सिक्छ । जनावरले मानिसलाई एकअर्काको भरोसा बन्न प्रेरित गर्छन्, शारीरिक अभ्यास गर्न सिकाउँछन् । बच्चाले जनावरबाट हाँस्न, रमाइलो गर्न तथा अन्य व्यवहार सिक्छन् । जनावरको आनीबानीबाट मजबुत र उदार बन्न राम्रो शिक्षा लिन सकिन्छ ।
४. घरपालुवा जनावरले स्वस्थ, तन्दुरुस्त बन्न सहयोग गर्छन्ः
घरमा भएका वेला जनावरले तपाईंलाई यताउता चल्न बाध्य पार्छन् । दैनिक जीवनमा तपाईंले जति नै समस्या झेले पनि त्यसले जनावरलाई खासै फरक पर्दैन । तसर्थ जुनसुकै अवस्थामा पनि तपाईंलाई खुसी राख्न जनावरले सहयोग गरिरहेका हुन्छन् । जब तपाईं सबेरै उठेर कुकुरलाई यताउता घुमाउनुहुन्छ, बिहानको स्वस्थ हावा पाउनुहुन्छ । कुकुरले तपाईंलाई फुर्तिलो बनाउँछ । कुकुर मानिससँग खेल्न रुचाउँछ । तपाईं पनि कुकुरसित खेल्न र खाना खुवाउन दैनिक समय छुट्याउनुहुन्छ । यसले तपाईंको बानी–व्यवहारमा पनि परिवर्तन गराई फरक मानिस बनाउन सहयोग गर्छ । यसो गर्दा तपाईंको शरीरमा थाहै नपाई एकप्रकारको शारीरिक तन्दुरुस्ती प्राप्त भइरहेको हुन्छ, तपाईंलाई सधैँ दयावान् बन्न सहयोग गर्छ, तपाईंलाई स्वस्थ राख्न सहयोग गर्छ ।
५. घरपालुवा जनावरले चिन्ता र तनाव कम गर्छन्ः
जब तपाईं लामो समयसम्म चिन्तामा हुनुहुन्छ, घरमा खेलिरहेका जनावरलाई देख्दा तपाईंको मनमा एकप्रकारले छुट्टै खुसीको अनुभूति हुन्छ । तपाईंको मन केही क्षण भए पनि आनन्दित हुन्छ, चिन्ता कम भएर जान्छ । समस्या केही क्षण भए पनि हराउँछ । जनावरसितको निकटाताले तपाईंलाई तनावबाट टाढा लान्छ । घरमा एक्विरियमको माछालाई हेर्दा केही समय मन प्रफुल्लित हुन्छ । जब कुकुर, बिरालोलगायत जनावर जिस्कँदै, चल्दै आउँछन्, तनावको मात्रा क्रमशः घढ्दै जान्छ । श्रीमान्–श्रीमतीबीच तनाव हुँदा घरमा पालिएका जनावरहरूका कारण केही कम हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend