सुनसरीः छोराको हत्या गरी फरार रहेका सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् ।
छोराको हत्या गरेर फरार रहेका करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । छोराछोरी लिएर माइत गएकी कान्छी श्रीमती अजिरन खातुनसँग २०६६ मंसिर २२ गते साँझ झगडा भएको थियो । श्रीमतीलाई लिन ससुराली गएका मियाँका त्यसक्रममा श्रीमतीसँग विवाद भएको थियो ।
श्रीमतीसँगको झगडापछि मिया छोरा छोरी लिएर घर फर्किंदै थिए । भोक्राहा नरसिंह गाउँपालिका १ जन्नत हुसेनको केराबारीमा आएपछि श्रीमतीसँग झगडा भएको थियो । मियाको कुटपिटबाट श्रीमती बेहोस् भएकी थिइन् ।
श्रीमती बेहोस भएपछि मियाले छोराछोरीको घाँटी थिचेर केराबारीमा फालिदिएको प्रहरीले जनाएको छ । सोही कारण उनका ३ महिनाको छोरा दिलसाह मियाँको मृत्यु भएको थियो । उनीविरुद्ध श्रीमती अजिरन खातुनले २०६६ मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मियाँलाई इनरुवाबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।