तेह्रथुमः तेह्रथुम म्याङलुङ–९ सम्फरजुङ बस्ने ४१ वर्षीय बासुदेव लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ ।
बुधबार साँझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बू एक्कासी भीरबाट लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।