विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–८ चिउरा मिलस्थित सडकमा को३त १३ नम्बरको ट्याक्टर र को१६प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।