Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः कान कराए पनि कोरोनाको लक्षण !

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७७, शनिबार
नयाँ अध्ययनः कान कराए पनि कोरोनाको लक्षण !

धरानः कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन् ।
त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने समस्या रहेको पत्ता लगाएको हो। जसलाई वैज्ञानिक परिभाषामा टिनिटस भनिन्छ ।
अमेरिका र बेलायतका ३ हजार १०३ कोरोना बिरामीमा अनुसन्धान गरिएको थियो। अनुसन्धानको उद्देश्य थियो– त्यस्ता कोरोनापीडित जो पहिलेदेखि टिनिटस समस्याबाट पीडित थिए, उनीहरूलाई कोरोना संक्रमणपछि यो समस्या घट्यो कि बढ्यो ?
अध्ययनमा के तथ्य पत्ता लाग्यो भने केही व्यक्तिमा कोरोना संक्रमणपछि कान कराउने समस्या सुरु भएको थियो। अनि जो पहिलेदेखि यस्तो समस्याबाट पीडित थिए, कोरोना संक्रमणपछि झन् बढ्यो । अनुसन्धानकर्ता भन्छन्, ‘कान कराउनु दीर्घ कोभिडको लक्षण पनि बन्न सक्छ। तर यस्तो केही व्यक्तिलाई मात्र हुने सम्भावना हुन्छ ।’ –एजेन्सी

प्रकाशित मिति: कार्तिक २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend