Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः क्यान्सर उपचारमा ढिलाइले मृत्युको जोखिम

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७७, आइतबार
नयाँ अध्ययनः क्यान्सर उपचारमा ढिलाइले मृत्युको जोखिम

धरानः क्यान्सर रोगका बिरामीको उपचारमा एक महिना मात्र पनि ढिलाइ भएमा मृत्युको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ । बेलायत र क्यानडामा गरिएको एक अध्ययनका अनुसार, अहिले कोरोना भाइरसको उपचारलाई मात्र प्राथमिकतामा राखिएको हुँदा अन्य रोगका बिरामीहरुले राम्रो उपचार तथा परामर्श पाउन सकेका छैनन् ।
क्यान्सरको उपचारमा कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पार्नुका साथै यस्ता रोगका बिरामीहरुको मृत्युदर समेत बढाएको अध्ययनले देखाएको छ । यससम्बन्धी अध्ययन हालै द बीएमजे मेडिकल जर्नलनमा प्रकाशित भएको छ ।
यस अध्ययनमा संलग्न क्लिनिकल अन्कोलोजिस्ट एवं लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका एसिस्टेन्ट प्रोफेसर अजय अग्रवाल भन्छन्, ‘क्यान्सर रोगका बिरामीहरुको उपचारमा भएको ढिलाइले कस्तो असर पार्छ भन्ने विषयमा व्यवस्थित ढंगमा अनुसन्धान भइरहेको छैन। कोरोना भाइरसले क्यान्सरका बिरामीहरुमा पारिरहेको वास्तविक प्रभाव छिटो भन्दा छिटो बुझ्न जरुरी छ ।’
क्यान्सर रोगका बिरामीको उपचारका लागि एक महिना मात्र ढिलाई भएपनि उनीहरुमा ६ देखि १३ प्रतिशत सम्म मृत्युको खतरा बढ्ने अध्ययनले देखाएको छ । तसर्थ उपचारमा जती ढिलाई भयो मृत्युको खतरा पनि उत्तिकै बढ्ने विज्ञहरु बताउँछन् ।
३४ वटा अध्ययनहरुको अनुसन्धान गर्दा उनीहरुले मूत्राशय, स्तन, कोलोन, मलाशय, फोक्सो र ग्रिवाका साथै टाउको र घाँटीको क्यान्सरको उपचारमा चार महिनाको ढिलाइले ६ देखि ८ प्रतिशतसम्म मृत्युको जोखिम बढाउने अनुमान गरेका छन् । –एजेन्सी

प्रकाशित मिति: कार्तिक २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend