Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फाल्गुनन्द जन्मजयन्तिमा प्रदेश १ मा सार्वजनिक विदा

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७७, सोमबार
फाल्गुनन्द जन्मजयन्तिमा प्रदेश १ मा सार्वजनिक विदा

धरानः प्रदेश १ मा कार्तिक २५ गते मंगलबार सार्वजनिक विदा परेको छ ।
फाल्गुनन्द दिवसको अवसरमा मंगलबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो । किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँछन् ।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कार्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । सार्वजनिक विदाबारे राजपत्र राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: कार्तिक २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend