Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा मोटरसाइकलको ठक्कर दिँदा धरानमा उपचारको क्रममा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७७, मंगलबार
बराहक्षेत्रमा मोटरसाइकलको ठक्कर  दिँदा धरानमा उपचारको क्रममा मृत्यु

सुनसरीः सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाइते मोटरसाइकल चालकको प्रतिष्ठानमा उपचार भइरहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका–३ मा मंगलबार बिहान साढे ९ बजे को२त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक रामधुनी–१ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।
गौतमपुरमा निर्माणाधिन सडकको लागि पानी बोकेर जाँदै गरेको सो ट्याक्टर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २५ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend