Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘कोशीको कथा’ पुनः प्रकाशित

हाम्रो कोशी आवाज
कार्तिक २६ २०७७, बुधबार
‘कोशीको कथा’ पुनः प्रकाशित

धरानः पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् श्रृङ्खलाअन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सङ्ग्रह ‘कोशीको कथा’ पुनः प्रकाशित गरेको छ ।
पुस्तक नयाँ कलेबरमा प्रकाशित भएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०४६ सालमा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।
पुस्तकका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा कमल कोइरालाले पुस्तकमा कोइराला परिवारको व्यक्तिगत निर्वासनबारे लेखिएको बताए । केही समयदेखि बजारमा उपलब्ध नभएको अवस्थामा केही दशकपछि पाठकसामु आउने बाटो खुलेकोमा उनले खुसी व्यक्त गरे । पुस्तकमा कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा बोल्ने कमलको भनाइ छ ।
यस सङ्ग्रहका नौवटा निबन्ध कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनीतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो। २००७ सालको क्रान्तिताका नेपाली कांग्रेसका सर्वाेच्च कमाण्डर तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए । पुस्तकमा कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिबारे लेखिएको छ ।

प्रकाशित मिति: कार्तिक २६ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend