धरान (एजेन्सी): कोरोना संक्रमणका कारण अहिले पुरै विश्व नै जुझिरहेको छ । कोरोना विरुद्धको खोप बनाउनका लागि विश्वका विभिन्न वैज्ञानिकहरु निरन्तर प्रयासरत रहेका छन् । यसैबीच वैज्ञानिकहरुले अध्ययनमा प्लाज्मा जेटले ३० सेकेन्डभन्दा पनि कम समयमा कोरोना भाइरसलाई मार्न सक्ने पत्ता लगाएका छन् ।
अध्ययनकर्ताले थ्री–डी प्रिन्टरले प्रेशर प्लाज्मा जेटको स्प्रे बनाइएको छ । जसको प्रयोग सफल रहेको अध्ययनपछि नयाँ आशा जगाएको छ कि जेट प्लाज्मा कोरोनाको विरुद्धको लडाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको छ । अमेरिकाको लस एन्जल्स स्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको अध्ययनमा प्लाज्मा जेट धातु, छाला र प्लास्टिकको सतहमाथि रहेको कोरोना भाइरसलाई ३० सेकेण्डभन्दा पनि कम समयमा मार्न सक्न पत्ता लगाएको छ । अध्ययनमा कोरोना विरुद्धको लडाईंमा महत्वपूर्ण मानिएको छ ।
अध्ययनकर्ताले कोरोना भाइरसलाई मार्नका लागि थ्री–डी प्रिन्टर प्रेशर प्लाज्मा जेटको स्प्रे बनाएका छन् । जब यस स्प्रेलाई प्लास्टिक, धातु, कार्ड बोर्ड र लेदर (बास्केटबल, फुटबल र बेसबल) आदिका सतहमा प्रयोग गरियो त्यस समय सतहमा रहेको कोरोना भाइरसलाई ३० सेकेन्डभन्दा पनि कम समयमा मारिदिएको थियो । जसमा अधिकांश भाइरसलाई मार्नका लागि ३० सेकेन्डभन्दा पनि कम समय लिएको थियो ।
स्प्रलाई मुखमा लगाइने मास्कमा जब प्रयोग गरियो त्यस समय यस स्प्रेले मास्कमाथि समान रूपले काम गर्ने गरेको पनि पाइयो । ‘फिजिक्स अफ फ्लूड्स’ नामक जर्नलमा प्रकाशित यस अध्ययनमा भनिएको छ की, प्लाज्मा जेट चार वटा अवस्थामध्येको एक हो । स्थिर ग्यासलाई तताएर वा इलेक्ट्रोम्याग्नेटिक फिल्डको सम्पर्कमा ल्याएर यसलाई बनाउन सकिन्छ । जून महिनामा गरिएको अध्ययनमा यो स्प्रेको प्रयोग धातु, छाला र प्लास्टिकको सतहमा रहेको कोरोना भाइरस जस्ता विषाणुमाथि गरिएको थियो । कोल्ड प्लाज्माले ३० सेकन्डभन्दा पनि कम समयमा भाइरसलाई मारेको अध्ययनमा उल्लेख गरिएको छ ।
पुनः संक्रमण भए प्रतिरोध
एकपटक कोरोना भाइरस संक्रमण भइसकेको व्यक्तिलाई पुनः संक्रमण भए छिटो निको हुने प्रमाण भेटिएको छ । वैज्ञानिकहरूका अनुसार पुनः संक्रमणबाट शरीरमा भाइरस भेटिए ‘इम्युन सिस्टम’ ले छिटो र बढी प्रभावकारी प्रतिरोध गर्नसक्छ ।
न्युर्योकस्थित रकफिलर विश्वविद्यालयले गरेको अध्ययनअनुसार इम्युन सिस्टमले भाइरस पहिचान गर्नेमात्र होइन, रोगसँग लड्न सक्ने क्षमता ‘एन्टिबड’ को पनि छिटो विकास गर्ने पाइएको छ ।
दोस्रोपटक भाइरस शरीरमा छिरे त्यसलाई आक्रमण गरी खत्तम गर्ने क्षमता पनि राख्दछ । ‘यो एकदम राम्रो समाचार हो,’ मोलिक्युलर इम्युनोलोजी डिपार्टमेन्टका प्रमुख मिसेल नुसेन्जविगले भने, ‘मानिसले दु्रतरूपमा एन्टिबडी बनाउन सकोस् र धेरै संख्यामा संक्रमण प्रतिरोध गर्न सकोस् भन्ने अपेक्षा गरिएको छ ।’
इम्युन सिस्टमले भाइरसलाई कति समयसम्म सम्झिरहन्छ र सोहीअनुसार क्षमता वृद्धि गर्छ भन्ने यकिन छैन तर नुसेन्जविगले केही वर्षसम्म शरीरलाई बचाइराख्न सक्ने बताए । जब मानिसलाई कोरोना संक्रमण हुन्छ, इम्युन सिस्टमले भाइरसलाई आक्रमण गर्न विभिन्न खालका एन्टिबडी उत्पादन गर्छ ।
एकखालको सुरक्षा गर्न ‘टि’ नामक कोषिकाले काम गर्दछ । यसले संक्रमण भएका कोषिका खोजेर नष्ट गर्दछ र अन्य ठाउँमा फैलनबाट जोगाउँछ । अर्को सेल हो ‘बि’ कोषिका जसले रगतमा एन्टिबडी पठाउने काम गर्दछ। एन्टिबडीले भाइरसलाई कब्जामा लिन्छ र कोषिकाहरूलाई नष्ट गर्नबाट रोक्छ ।
संक्रमण हटिसकेपछि इम्युन सिस्टम प्रतिरक्षा प्रणालीमा खडा हुन्छ, तर उक्त भाइरसलाई सधैं याद राख्दछ, विशेष गरी ‘टि’ र ‘बि’ कोषिका मेमोरीमा बस्छ ।
विभिन्न अध्ययनका अनुसार पहिलो संक्रमणविरुद्धको एन्टिबडी केही महिनाभित्रै हराएर जान्छ, जसका कारण मानिसमा इम्युनिटी कम भएर जान्छ।