धरानः धरानमा २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित रहेका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित रहेको जानकारी दिए ।
हालसम्म यो उमेर समूहका १७ सय ७ जना संक्रमित रहेका छन् भने २० वर्षसम्म उमेर समूहका २ सय ७६ जना, ४० देखि ६० वर्ष उमेर समूहका ९ सय ८३ जना, ६० वर्षदेखि माथिका ३१८ जना संक्रमित रहेका छन् ।
यीमध्ये पुरुष बढी संक्रमित भएका छन् । १८३२ जना पुरुष र १४५२ महिला संक्रमित भएको देखिएको छ । हाल होम आइसोलेसनमा ३१३ जना मात्रै संक्रमित रहेका छन् भने २९०६ जना अर्थात् ८८.०३ प्रतिशतले कोरोना जितिसकेका छन् ।
यसैबीच धरानमा आज (सोमबार) १७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य महाशाखाका प्रमुख मेहताले धरानमा आज १७ जना संक्रमित थपिएको जानकारी दिए । योसँगै धरानमा संक्रमितको संख्या ३३०१ जना पुगेको उनले जानकारी दिए ।
धरानमा ६८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

