Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २५ र ६७ वर्षीय पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ८ २०७७, सोमबार
धरानमा २५ र ६७ वर्षीय पुरुषको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
सुन्दरहरैंचा, विराटचोक, मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनको सोमबार ६ः४० बजे मृत्यु भएको हो । उनी कार्तिक १ गते गते अस्पताल भर्ना भएका थिए । उनमा गत २६ गते नै कोरोना पुष्टि भएको थियो । मृतकमा मधुमेहसम्बन्धी दीर्र्घरोगकोे समस्या नरहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
यस्तै, उपचारकै क्रममा इलामका २५ वर्षीय पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी पनि दीर्घरोगी थिए । उनमा गत ५ गते कोरोना पुष्टि भएको थियो भने ५ गते नै अस्पताल भर्ना भएका थिए । उनको आइतबार ९ः३० बजे मृत्यु भएको हो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । यसअघिको समाचारमा ६७ वर्षीय वृद्ध पुरुषको ठेगाना सुन्दरहरैंचा मोरङ हुनुपर्नेमा गलत रिपोर्टका कारण सुनसरी हुन आएकोले सच्याइएको छ । 

प्रकाशित मिति: मंसिर ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend