Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली ताप्लेजुङमा

हाम्रो कोशी आवाज
मंसिर ८ २०७७, सोमबार
प्रधानमन्त्री ओली ताप्लेजुङमा

ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि आज (सोमबार) ताप्लेजुङ सहभागी हुनेछन् ।
प्रधानमन्त्री शर्मा ओली प्रदेश १ को ताप्लेजुङ हुँदै इलाम, झापासम्म पुग्ने कार्यक्रम छ । उनी बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् ताप्लेजुङ पुगेका छन् ।
नेपाल–चीन सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटनका लागि पुग्ने कार्यक्रम रहेको संवाददाता दिलकुमार लिम्बूले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दुई देशको सीमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत् निरीक्षण गर्ने कार्यक्रम छ भने उनी इलामममा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । पर्यटन विकासमा टेवा पुग्ने योजना लगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्तरूपमा ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय भएको छ । उनी झापा पनि पुग्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ती कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने छन् ।
प्रधानमन्त्री ओलीसहित संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आउने कार्यक्रम छ ।

प्रकाशित मिति: मंसिर ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend