Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि धर्म संरक्षक गुरु लाफयङको ७७ औ जन्मजयन्ति मनाइँदै

हाम्रो कोशी आवाज
मंसिर ९ २०७७, मंगलबार
भोलि धर्म संरक्षक गुरु लाफयङको ७७ औ जन्मजयन्ति मनाइँदै

धरानः किरात सत्यहाङ्मा पन्थका धर्म संरक्षक गुरु लाफयङ स्व. देवबहादुर तुम्वापोको जन्मजयन्ति मनाइने भएको छ । भोलि १० गते उनको जन्मजयन्ति मनाइने भएको हो ।
‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलाम वर्षेनी मंसिर १० गते आयोजना गर्दै आएको छ ।
यस वर्ष कोभिड–१९ का कारण प्रतिकुल अवस्थामा भव्य र सभ्यरुपमा मनाउन नसकिएपनि सामाजिक दुरी कायम गर्दै सदाझैं माङसेवा, जप, पाठ, दीप प्रज्ज्वलन गर्ने र गुरुको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गरी ७७ औं जन्मजयन्ति मनाउने निर्णय भएको अध्यक्ष डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
इलामको चुलाचुली कमलस्थित फल्गुनन्द लाफायङ बहुभाषिक पाठशालाको प्राङ्गणमा भोलि सो कार्यक्रम आयोजना हुने उनले जानकारी दिए । संघका महासचिव नाम्लिङहाङ चेम्जोङका अनुसार सो पाठशाला फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित हो । पाठशाला नेपालकै पहिलो बहुभाषिक पाठशाला हो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व शिक्षामन्त्री स्व. धनीराम पौडेल, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलगायतको प्रमुख आतिथ्यतामा वर्षेनी जन्मजयन्ति मनाइँदै आएको अध्यक्ष तुम्वापोले जानकारी दिए ।
संघले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ ।

प्रकाशित मिति: मंसिर ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend