Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ठक्करले साइकलयात्रीको मृत्यु, अटोबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ९ २०७७, मंगलबार
ठक्करले साइकलयात्रीको मृत्यु, अटोबाट लडेर मृत्यु

विराटनगरः मोरङको विराटनगर–१३ कोशी प्रोजेक्टस्थितमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो पौने ४ बजे को३९प ९९९३ नम्बरको मोटरसाइकलले साइकल यात्री विराटनगर–१५ बस्ने ६० वर्षीय रतन साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल र चालक विराटनगर–१५ का देवीप्रसाद अधिकारी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी मोरङ कहटरी–१ स्थित भित्री सडक खण्डमा अटो चालकको मृत्यु भएको छ । मङ्गलबार दिउँसो पौने ३ बजे को२ह ५४९२ नम्बरको अटो चालक विराटनगर–२ का ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी अटोबाट आफै लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend