Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा बम विष्फोट गराएको आरोपमा पक्राउ

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
उदयपुरमा बम विष्फोट गराएको आरोपमा पक्राउ

धरानः पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए।
विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको उदयपुर प्रहरीले बताएको छ।
पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यालयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम विस्फोट गराएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend