Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा टयाक्टर अनियन्त्रित हुँदा एकको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १३ २०७७, शनिबार
सुनसरीमा टयाक्टर अनियन्त्रित हुँदा एकको मृत्यु

सुनसरीः सुनसरीमा टयाक्टर अनियन्त्रित हुँदा एकको मृत्यु भएको छ ।
सुनसरीको गढी– ३ स्थित सडक खण्डमा प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक पल्टिएको थियो । सडकमा पल्टिएपछि टयाक्टरचालक गढी–४ का २७ वर्षीय सुवास साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो टयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते बनेका उनको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका १५ वर्षीय सागर साह र २५ वर्षीय अरुणकुमार साह पनि घाइते भएका छन् ।

प्रकाशित मिति: मंसिर १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend