विराटनगरः मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
शनिबार राति सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका(८ सलकपुरमा को२त ३१९६ नम्बरको ट्याक्टरले को३८प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक सुन्दरहरैंचा नगरपालिका–५ का ४२ वर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राति १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
यसैगरी मोरङकै उर्लाबारी नगरपालिका–८ मा मे४प ९२८५ नम्बरको मोटरसाइकल शनिबार राति ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय ३० वर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाइकल पछाडि सवार रहेका तेह्रथुम म्याङलुङ–९ का ४५ वर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा श्याम तामाङको राति सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यस्तै झापाको अर्जुनधारा नगरपालिका–८ मा को१क १५८७ नम्बरको जेसीबीले प्रदेश १–०१–०१२ प७१५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका–५ का ३२ वर्षीय दीपककुमार बुढाथोकीको उपचारको क्रममा शनिबार राति साढे ७ बजे बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।