Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोमबार भएको दुर्घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १५ २०७७, सोमबार
सोमबार भएको दुर्घटनामा तीनजनाको मृत्यु

विराटनगरः टयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु भएको छ ।
ग्रामथान न.पा. १ लखन्तरीस्थित भित्री कच्ची सडकखण्डमा पश्चिमबाट पूर्व आउँदै गरेको को१त ८८१३ नं. को टयाक्टर आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा टयाक्टरचालक बुढिगंगा गाउँपालिका १ बस्ने वर्ष ३० को गुरुचरण ऋषिदेवको मृत्यु भएको छ ।
दाहिनेपट्टिको ठूलो चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यस्तै, मोरङमै मोटरसाइलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगर–१५ रामजानकी चोक बस्ने वर्ष ६० की मनकामना झा को मोटरसाइकलबाट लडेर मृत्यु भएको हो ।
बिरामी भई विराटनगर मनपा ९ बुद्धचोकस्थित भित्री सडकखण्डमा रोडशेषबाट न्यूरो अस्पताल आउने क्रममा निजकै छोराले चलाई ल्याएको को१२प ३५६ नं. को मोटरसाइकलमा अस्पताल आउँदा अचानक लडी उनी गम्भीर घाइते बनेकी थिइन् । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । मोटरसाइकल चालक निजकै छोरा वर्ष २२ को राजन झा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उता झापाको दमक–४ जानकी टोलस्थित उत्तर–दक्षिण भित्री सडकखण्डमा दक्षिणबाट उतर जाँदै गरेको मे१त ६१९६ नं. को ट्याक्टरले बाटोमा खेल्दै गरेका तुलसीप्रसाद धिमालको छोरा वर्ष ८ का जेनिष धिमाललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टर चालक वर्ष २५ को धनेश्वर दर्जी प्रहरी चौकी ताराबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीमा सिटी सफारी र मोटरसाइकल आपसमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् । भोक्रहा नरसिह गा.पा. ६ फूलचौकस्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को३५प ६६०० नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०२–००२ ह ५०२ नं. को सिटी सफारी आपसमा ठक्कर खाएका थिए ।
सिटीमा सवार वर्ष २८ कि गुञ्जा साह गम्भीर घाइते बनेका छन् भने मोटरसाइकल चालक विराटनगर ४ बस्ने वर्ष २८ को पवन सिह सामान्य घाइते बनेका छन् । उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । सिटी चालक जिल्ला सुनसरी कोशी गाउँपालिका २ बस्ने वर्ष ३८ को जोगिन्द्र साह प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend