Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिकअप दुर्घटनामा दुईको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १६ २०७७, मंगलबार
पिकअप दुर्घटनामा दुईको मृत्यु

इलामः इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माइनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको बताइएको छ । अर्का व्यक्तिको सनाखत हुन बाँकी छ ।
इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नम्बरको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रकाशित मिति: मंसिर १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend