Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमै खालीखुट्टा १० किलोमिटर पैदल

हाम्रो कोशी आवाज
मंसिर १९ २०७७, शुक्रबार
धरानमै खालीखुट्टा १० किलोमिटर पैदल

चप्पल हराएपछि खाली खुट्टै हिँड्दै धरान–११ का दिलीप राई । उनकी आमा धरान–२० स्थित माछामारामा ज्याला–मजदुरीका लागि पुग्नुभएको छ । आमा भेट्न करिब १० किलोमिटरको बाटो हिँड्दै पुग्ने उनले बताए । घरमा राखिएको चप्पल चोरी भएपछि उनी यसरी खालीखुट्टै हिँड्न बाध्य भएको बताउँछन् । आमाले कमाएर ल्याएपछि चप्पल किनिदिने बाचा गर्नुभएको र आमालाई सघाउन कामतर्फ हिँडेको उनले बताए । गाउँमा मात्रै होइन सहरमै पनि गरिबीका कारण अधिकांश बालबालिका यसरी नै खाली खुट्टै हिँड्नुपर्ने बाध्यता छ । उनले स्कुल जाँदा पनि खालीखुट्टै स्कुल पुग्ने गरेको सुनाए । ‘अहिले स्कुल लागेको छैन, बुबाआमा मजदुरी गर्न जानुहुन्छ, जुत्ता–चप्पल हुँदैन तरपनि स्कुल जान्छु ।’ उनले भने ।
कक्षा–२ मा पढ्ने उनी कोरोना महामारीले स्कुल जान पाएका छैनन् । अहिले कोरोना महामारीले अधिकांश बालबालिकालाई बाबुआमालाई सघाउँदै आएका छन् । तस्वीरः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: मंसिर १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend