Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आयो श्रेय राईको पूर्वेली लोकगीत ‘सल्लेरी’ (भिडिओ)

हाम्रो कोशी आवाज
मंसिर २१ २०७७, आइतबार
आयो श्रेय राईको पूर्वेली लोकगीत ‘सल्लेरी’ (भिडिओ)

धरानः ‘भर्सटाईल’ गायिकाको रुपमा परिचित गायिका श्रेय राईले आफ्नो बुबा पुराना गायक तथा संगीतकार पवन राईलाई पुर्वेली लोकगीत ‘सल्लेरी’ गीतमाफर्त करिब दुई दशकपछि ‘कमब्याक’ गराएकी छन्।
करिब दुई दशकअघि गायक तथा संगीतकार पवन राई र गायिका सुशिला सावदेनले गाएको गीतको ‘रि-एरेन्ज’ गरेर श्रेय र उनका बुवाले गाएका हुन्।
गीतमा शब्द र संगीत गायक पवन राईकै रहेको छ। गीतको भिडियोमा सागर संगम राई र रेस्क्यु राईले अभिनय गरेका छन्। भिडियोको ‘कन्सेप्ट’ भने सागर संगम राईले तयार गरेका हुन्।
उक्त गीतको एरेन्ज शम्भु राईले गरेका थिए भने ‘रि-एरेन्ज’ श्याम लिम्बुले गरेका हुन्। त्यस्तै, ‘मिक्सिङ्ग’ राजु कार्कीले गरेका छन्। गीतको छायाङकन र ‘एडिटिंग’ भने रोमन संगम राईले गरेका हुन्।
गीतको भिडियो निर्देशन भने गायिका श्रेय राई र सागर संगम राईले संयुक्त रुपमा गरेका हुन्। गीत किङ्ग्स स्टुडियोमा रेकर्ड गरिएको हो।
उनले उक्त गीत शनिबार दिउँसो आफ्नै युट्युव च्यानल श्रेय राई लाम्बिछोङ्गबाट सार्वजनिक गरेकी हुन्।
श्रेयले गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा सेमीफाइनसम्मको यात्रा तय गरेसँगै नेपाली सांगीतिक क्षेत्रमा जम्न थालेकी हुन्। क्लासिकल, सेमिक्लासिकल तथा लोक लयका धेरै गीत रेकर्ड गरेकी श्रेयलाई प्राय: युवा पुस्ताले भने रक विधामा चिनेका र रुचाइएका छन्।

प्रकाशित मिति: मंसिर २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरान रंगशालामा शुक्रबार ‘दशैं फेस्ट २०८३’, चर्चित ब्यान्डहरूको प्रस्तुति रहने

    धरान: दशैँको अवसरमा धरान रंगशालामा शुक्रबार (असोज ३० गते) ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिंटेज धरानको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम साँझ ६...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

    धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • प्रचण्डबाबु राईको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

    धरानः रसुवाभोटेकोशी हुँदै त्रिशुली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठूलो...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • जे होस् धरान दौडिन्छ ! (फोटो कथासहित)

    धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो...

    • ४ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • प्रेममय कविताः तिमी नै प्रेमको ऋतु

    गोविन्दराज ओझा (राजन) तिमी नै प्रेमको ऋतु प्रेममा डुबेको मनले संसारभरि भीड देखेपनि आफ्नो आँखाको आकाशमा एउटै जुन मात्र राख्छ त्यो जुन तिमी हौ, मेरो धड्कनको मौन सङगीत तिमी हौ तिम्रो एउटा...

    • १ महिना अगाडी
    • २ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • १ महिना अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend