Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन वर्षीय बालक मृत फेला

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
तीन वर्षीय बालक मृत फेला

पाँचथरः पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आइन्द्र हाङसरुम्बाको ३ वर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् ।
आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गतेदेखि अचानक हराइरहेका बालकको खोजतलास भइरहेकोमा आइतबार बिहान सवा १२ बजे सो ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृतसहितको टोली खटी गई कानुनी प्रक्रिया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend