धरानः धरान-१० स्थित प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई भानुचोकस्थित साधना भवनमा एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कक्षा–११ र डिप्लोमा इन होटल म्यानेजमेन्टतर्फ लेवल–३ र लेवल–४ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई कुन कुन विषयहरु कसरी पढाइन्छ, कुन कुन शिक्षकले पढाउने भन्नेबारी जानकारी गराइएको कलेजका प्रोग्राम को–अर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी विद्यार्थीहरुलाई कलेजमा रहँदा पालना गर्नुपर्ने नियम, अनुशासन, संस्कार आदिबारेमा समेत जानकारी गराइएको कोअर्डिनेटर श्रेष्ठले जानकारी दिए ।
सरकारले निर्धारण गरेको आधारभूत स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए । त्यस्तै, कलेजका अपरेसन म्यानेजर अभिषेक श्रेष्ठले प्राइम भिजन कलेजमा डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययन पूरा गरे पछि भविष्यमा यसको ‘स्कोप’को बारेमा जानकारी गराए ।
विद्यार्थीहरुलाई २५ वर्ष उमेर भएपछि विदेश पढ्न नगएर २५ वर्षको हुँदा विदेसमा अध्ययन पूरा गरी स्वदेश फर्केर देश निर्माणमा लाग्नुपर्ने बताए । कार्यक्रममा कलेजका लेखा अध्यापकद्वय ईश्वर ताम्रकार र गौरव शाक्य, नेपालीका अध्यापक सुमन खतिवडा, मार्केटिङका नविन गौतम, कम्प्युटर साइन्सका मनिष शाही, बिजनेस स्टडिजका रोशी श्रेष्ठ, अर्थशास्त्रका मधुसुदन कोइराला, होटल म्यानेजमेन्टका अनिमेस बाँस्तोला र प्रोडक्सनका अनिस सुनारको उपस्थिती रहेको थियो ।

