Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तुम्लिङटारमा टयाक्टर र मोटरसाइकल ठोक्किँदा युवाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
तुम्लिङटारमा टयाक्टर र मोटरसाइकल ठोक्किँदा युवाको मृत्यु

संखुवासभाः संखुवासभाको तुम्लिङटारमा दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
खाँदबारी–९ तुम्लिङटारमा शुक्रबार करिब १२ ट्याक्टर र मोटरसाइकल ठोक्किँदा खाँदबारी–१ का २५ वर्षीय दिवस राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको तुम्लिङस्थित मनकामना अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए । तुम्लिङटारबाट खाँदबारी हिँडेको को२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको ना४५प २०७० नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकलमा सवार २७ वर्षीय मनोज सोनाम लिम्बू पनि गम्भीर घाइते बनेका छन् । ट्याक्टरसहित चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend