Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः आफ्नो शरीर मन नपर्दा किशोरकिशोरी डिप्रेसनमा

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
नयाँ अध्ययनः आफ्नो शरीर मन नपर्दा किशोरकिशोरी डिप्रेसनमा

धरानः शारीरिक बनावटमा असन्तुष्ट रहेका किशोरकिशोरीमा डिप्रेसनको समस्या हुनसक्ने एक अनुसन्धानले देखाएको छ ।
हालै नेदरल्याण्डमा गरिएको एक अनुसन्धानले यस्तो खुलाएको हो । अनुसन्धानको निष्कर्ष छ, यदि किशोरकिशोरी आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट छैन भने यो पनि डिप्रेसनमा जान सक्ने एउटा कारण बन्न सक्छ ।
जर्नल आफ एपीडीमीयोलोजी एन्ड कम्युनिटीमा प्रकाशित भएको सो अनुसन्धानले ६० प्रतिशत किशोरकिशोरी आफ्नो शारीरिक बनावटप्रति सन्तुष्ट नरहने पनि देखाएको छ । सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीमा यस्तो मामिला अझै बढ्ने गर्दछ । युवाहरू आफ्नो फोटो र सेल्फी पोष्ट गर्दा आफ्नो शारीरिक बनावटमा धेरै ध्यान दिने गर्दछन् ।
ब्रिटेनमा यसलाई बुझ्नका लागि अलग–अलग उमेर वर्गका किशोरकिशोरीमाथि पनि अध्ययन गरिएको थियो । पहिलो ग्रुपमा १४ वर्षका किशोरीलाई सामेल गरिएको थियो भने दोस्रोमा १८ वर्षका किशोरी समावेश रहेका थिए । उनीहरूलाई आफ्नो शरीरको बनावट, तौल, पेट, बडी प्लुइड, छाती, खुट्टा, नितम्भ, अनुहार र कपालका बारेमा रेटिङ गराइएको थियो ।
एभोन लोजिट्युसनल स्टडी अफ प्यारेन्ट एन्ड चाइल्ड (एएलएसपीएसी) ले गरेको उक्त अनुसन्धानमा २ हजार ७८ किशोरी र १ हजार ६७५ जना किशोर सहभागी थिए । १४ वर्षका किशोरकिशोरीमा शारीरिक बनावटप्रति असन्तुष्ट छन् कि छैनन् भनी अनुसन्धान गर्न लजिस्टिक रिग्रेसनको प्रयोग गरिएको थियो । जुन १८ वर्ष पुग्दा किशोरकिशोरीमा डिप्रेसन हुन्छ कि हुँदैन भनेर भविष्वाणी गर्न सकिने जनाइएको छ । किशोरकिशोरीमा बेलामै डिप्रेसन नियन्त्रण गर्न सकिन्छ भन्ने अनुसन्धानको आधारभूत उद्देश्य राखिएको थियो ।
अध्ययनले पहिलोभन्दा दोस्रो ग्रुपमा समावेश किशोरीहरू डिप्रेसनको समस्यामा जुध्दै गरेको भेटिएको थियो । उनीहरूको किन यस्तो अवस्था भयो भन्ने खोज्दा कम उमेरका भन्दा बढी उमेरका किशोरीहरू आफ्नो शारीरिक बनावटबाट बढी असन्तुष्टि हुने गरेको भेटियो । किशोरकिशोरी नै आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट नहुने तर किशोरभन्दा किशोरी बढी असन्तुष्टि हुने गरेको अध्ययन निष्कर्ष निस्किएको हो ।
१४ वर्षको उमेरमा हल्का लक्षण देखिन सुरु हुने र ३ वर्षपछि गम्भीर अवस्थामा पुग्ने अनुसन्धानका क्रममा पत्ता लाग्यो । अनुसन्धानका अनुसार १४ वर्षको उमेरका किशोरीहरू आफ्नो फिगरदेखि असन्तुष्ट थिए र उनीहरूमा हल्का डिप्रेसनको लक्षण पनि देखिएको थियो । तर, १८ वर्षीया किशोरीमा गम्भीर खालको डिप्रेसन समस्या देखिएको थियो ।
साइकोलोजिस्ट डा. अनामिका पापडिवालका अनुसार हरेक समय उदास रहनु, काममा मन नलाग्नु भोक प्यास लागे नलागेको होस नहुन र हरेक समय नकारात्मक कुरा गर्नु मानसिक तनावका लक्षण हुन सक्छन् । यसबाहेक हरेक चिजबाट सन्तुष्ट नहुनु, एक्लै बस्नु जस्ता लक्षणबाट गुज्रिरहेका व्यक्ति सचेत हुनुपर्छ । -एजेन्सी

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend