विराटनगरः पिकअप भ्यानको अचानक टायर खुस्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर र चारजना सामान्य घाइते भएका छन् । दमकबाट ७ किमी पूर्व दक्षिणमा पर्ने ठाउँमा दुर्घटना भएको हो ।
कमल गाउँपालिका–७ गेउरियास्थित पाडाजुगी गौरीगञ्ज उत्तर–दक्षिण भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१च ६४९७ नं. को पिकअप गाडीको अचानक टायर खुस्किएर आफै अनियन्त्रित भई दुर्घटना हुँदा वर्ष ५५ को मगल चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कम्मर, हात, पेटमा चोट लागेका उनी दुर्घटनापछि वेहोस बनेका थिए । पिकअपमा सवार सबै घाइते हरुलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक पठाइएको छ । चालक दमक नपा ६ बस्ने वर्ष २० को रोहन यादव इप्रका दमकको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दमक नपा ९ बस्ने वर्ष २४ को अनिल चौधरी, वर्ष ५२ को प्रलेश्वर माझी, वर्ष २६ को सुनिल चौधरी, वर्ष ६५ को तमनलाल मण्डल, वर्ष ३८ को राजीव माझी छन् ।
यस्तै, बसले टिपर र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।
बेलबारी–११ भाउन्नेस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जन्ती लिएर हिँडेको प्र १ ०–२००१ ख ८१११ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको ना७ख ४४ नं. टिपर र को२१प ९२०३ नं. स्कुटरलाई ठक्कर दिएको थियो ।
बस चालकको लापरवाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सुवास राई, मानहादुर कार्की, तठबहादुर घिमिरे, रामबहादुर कार्की, जीतबहादुर बोहरा लगायत छन् । बस चालक मोरङ सुहनपा–४ बस्ने वर्ष ३० को राजन बाँस्तोला इप्रका बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।