Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलामको जंगलमा भेटियो विश्वकै दुर्लभ बाघ

हाम्रो कोशी आवाज
मंसिर २७ २०७७, शनिबार
इलामको जंगलमा भेटियो विश्वकै दुर्लभ बाघ

इलामः पूर्वी नेपालमा पहिलोपटक पाटेबाघ भेटिएको छ । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड गरिएको थिएन ।
कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० वटा क्यामेरा ट्रयापमध्ये एउटा क्यामेरामा पाटेबाघ कैद भएको वन तथा भू–संरक्षण विभागले जानकारी दिएको छ ।
यो सँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भू–परिधिमा बिरालो प्रजातिको संख्या ८ भएको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा रेकर्ड गरिसकिएको छ ।
उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलिला निकुञ्जसँग जोडिएको छ । विभाग र रेडपाण्डा नेटवर्कले हाब्रेको घाँटीमा जीपीएस कलर जडान गरी संयुक्त रुपमा रेडपाण्डाको अनुगमन गर्दै आएको छ ।
यो भन्दा पहिले गत चैतमा डडेलधुरामा २५०० मिटर उचाइमा बाघ भेटिएको थियो । भारतमा ३६३० र भुटानमा ४४०० मिटर उचाइसम्म बाघ फेला पर्ने गरेका छन् ।
विभागका महानिर्देशक मनबहादुर खड्काले उच्च भागमा बाघ पाइनुले उच्च पहाडी क्षेत्रका वनमा ठूला जंगली बिरालो प्रजातिको बासस्थान भएको पुष्टि भएको उल्लेख गर्नुभयो ।
रेडपाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले इलाममा बाघ रेकर्ड हुनुले उक्त क्षेत्रको जैविक मार्गको महत्व र त्यसको संरक्षणको प्राथमिकता उजागर गरेको स्पष्ट पार्नुभएको छ । दुई वर्षअघिको अध्ययनअनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ ।

प्रकाशित मिति: मंसिर २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend