Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २९ २०७७, सोमबार
छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

विराटनगरः उदयपुर, मोरङ र पाँचथरको तीन स्थानमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ इकराहीमा खेत जोतिरहेको ट्याक्टर अचानक दुर्घटना भई पल्टँदा घाइते भएका चालक बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
यस्तै, आइतबार दिउँसो साढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १८५० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स६प ९१०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ९१०१ नम्बरको मोटरसाइकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० वर्षीय भविन्द्र परियार घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ साढे ५ बजे मृत्यु इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
यस्तै सोमबार बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीमा मे १त४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ वर्षीय सन्तोष लम्जेललाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend