बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ बाट आइतबार बेलुका पौने ६ बजे नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
सो स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय चन्द्र गुरुङ र इलामका २३ वर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध डाइजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।