सुनसरीः सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश१–०५–००१प०२०७ नम्बरको मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुईजना चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका छन् ।
गत २८ गते इटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको सो नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलबार राति ८ बजे इटहरी–९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाइरहेको अवस्थामा मोटरसाइकलसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा झापाको डाँगीबारीका १९ वर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ वर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।