Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित र ग्याँसको तौल कम बनाउने समातिए

हाम्रो कोशी आवाज
पुष १ २०७७, बुधबार
लागूऔषधसहित र ग्याँसको तौल कम बनाउने समातिए

सांकेतिक तस्वीर ।

सुनसरीः सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध गाँजासहित मंगलबार दिउँसो एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले एक केजी गाँजासहित ऋषिदेवलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका केराबारी गाउँपालिका–१० का २४ वर्षीय रविन विक र लेटाङ नगरपालिका–३ का २५ वर्षीय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध नाइट्राभेट टयाब्लेट २० चक्की र डाइजेल्याब २८ एम्पुल बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यस्तै, खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना मोरङको विराटनगर महानगरपालिका–१४ मलाहा रोडबाट मंगलबार दिउँसो पक्राउ परेका छन् ।
सो स्थानमा मनिष यादवले सञ्चालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यादवको पसलबाट प्रहरीले ठूलो ग्यास सिलिन्डर (११ थान, सानो ग्यास सिलिन्डर–२ थान, तौल मेसिन १ थान, रेगुलेटर २थान र एयरलिंक गर्ने पाइप १ थान समेत बरामद गरेको छ । यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend