विराटनगरः मोरङका दुई स्थानबाट नियन्त्रित लागूऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार अररिया जोगवनी–९ का ३२ वर्षीय सुरजेशकुमार राय र सोही स्थानका १३ वर्षीय मो.आशिक मियाँ रहेका छन् ।
विशेष सुराकका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विराटनगर–१६ स्थित दरैयाबाट नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
नियन्त्रणपश्चात् उनीहरुउपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोइन फेला पारी बरामद गरिएको हो । यसैगरी विराटनगर–१७ का २७ वर्षीय लद्दीफुल मियाँ १३ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
विराटनगर–७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।