Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः सक्दो हाँसौं मुटु हुन्छ स्वस्थ

हाम्रो कोशी आवाज
पुष २ २०७७, बिहिबार
नयाँ अध्ययनः सक्दो हाँसौं मुटु हुन्छ स्वस्थ

धरानः पछिल्लो केही समययता क्वारेन्टाइन, सामाजिक दूरी तथा कोरोनाले पुरयाएको क्षतिबारेको दुखद समाचारहरूले धेरै मानिसको मनमा निरशा, त्रास एवं तनावको वातावरण सिर्जन गरेको छ ।
विभिन्न अनुसन्धानहरूले निराशा एवं तनावले मुटुमा नकारात्मक प्रभाव पार्ने देखाएका छन् । बरु हाँसो, खुसी एवं उमंगले मुटुको सुरक्षा तथा सम्बर्द्धनमा सघाउ पु¥याउन सक्छ ।
हालैको एक अध्ययनले हाँसोले स्वस्थ रक्तवाहिनीको विकासमा भूमिका खेल्ने देखाएको छ । अध्ययनका अनुसार हाँस्दा दिमागमा पैदा हुने ‘इन्डोरफिन’ नामक रसायनले रक्तवाहिनीको भित्री रेशालाई सक्रिय गराउँदछ ।
त्यो सक्रिय रेशाले ‘निट्रिक अक्साइड’ नामक ‘मलिक्युल’ पैदा गर्छ जसले शरीरको धमिनीहरुलाई आराम एवं सहजता प्रदान गर्दछ । यसैगरी अध्ययनले हाँस्दा ‘कोर्टिसोल’ र ‘इपिनफ्रिन’ नामक ‘स्टे«स हर्मोन’ (तनावको श्रृजना गर्ने रसायन) को उत्पादनमा कमी आउने देखाएको छ ।
कोर्टिसोल र इपिनफ्रिन रक्त वाहिनीमा संकुचन ल्याउने हर्मोन हुन् जसले उच्च रक्त चाप, स्ट्रोक र हृदयघात लगायतको जोखिमलाई बढाउँछ ।
यसैगरी, हाँसोले शरिरमा एण्टीबडी उत्पादन गर्ने कोषहरुमा बृद्धि ल्याइ ब्यक्तिको रोगसँग लड्ने क्षमतालाई बढाउने पनि अध्ययनले देखाएको छ । -एजेन्सी

प्रकाशित मिति: पुष २ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend