Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘आँखैमा गाजल’ सार्वजनिक ( भिडिओ)

हाम्रो कोशी आवाज
पुष ६ २०७७, सोमबार
‘आँखैमा गाजल’ सार्वजनिक ( भिडिओ)

धरानःअस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।
युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र सम्पदा बानियाँ फिचर्ड छन् । राजीव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिएल युटुय्ब च्यानल ‘केदार बरुवाल क्षेत्री अफिसियल’ मार्फत् सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: पुष ६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend