धरानः गायक लोक पौडेलको स्वरमा रहेको ‘अलमल नगरौं’ शीर्षकको (कृष्ण भजन) म्युजिक भिडियो सार्वजनिक भएको छ ।
समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न यस भजन गीतका माध्यमबाट सन्देश व्यक्त गरिएको छ ।
यस भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले यस भजनलाई संगीत संयोजन गरेका हुन् ।
आकर्षक तरिकाले निर्माण भएको भिडियोमा अञ्जली अधिकारी र राज खड्काको अभिनय रहेको छ । भिडियोमा आशुतोष अइडीको कोरियोग्राफी रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।