Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘भट्टीवाली’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
‘भट्टीवाली’ सार्वजनिक (भिडिओ)

धरानः आधुनिक गीत र रयाप समावेश ‘भट्टीवाली’ शीर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ । गीतमा जगत तिरुवाको रयाप समेत समावेश छ । गीतमा शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ । यस गीतलाई सिद्धान्त परियारले संगीतबद्ध गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
डान्सिङ शैलीको यस गीतमा युवायुवतीबीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend