विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–१० शिविरडाँडामा शनिबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे११प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलचालक रतुवामाई नगरपालिका–१० का ५२ वर्षीय सन्तबहादुर आले मगरको उपचारको क्रममा विराटनगरको नोवेल अस्पतालमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
सोही घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार रहेका ४५ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।