Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मुख्य सडकमा मास्कलगायतको फोहोर जताततै नफालुन् भन्दै राखियो डस्विन

हाम्रो कोशी आवाज
पुष १३ २०७७, सोमबार
धरानको मुख्य सडकमा मास्कलगायतको फोहोर जताततै नफालुन् भन्दै राखियो डस्विन

धरानः ‘स्वच्छ धरान’ नाराका साथ स्वास्थ्य रहनुपर्छ भन्ने अभियान चलाउँदै आएको सेवक अभियानले धरानको बाटोमा बनेका रेलिङमा डस्विन राखेको छ ।
धरानको भानुचोकदेखि छाताचोकसम्मको एरियामा डस्विन राखेको हो । सेवकले सोमबार नै धरानको छाताचोक एरियामा ६ वटा डस्विन राखेको छ ।
स्वच्छ धरान नारालाई साकार रुप दिन मंसिर १३ गतेदेखि १२ वटा डस्विन राखेर शुभारम्भ गरेको सेवकले छाताचोक एरियामा ६ वटा डस्विन राखेको सेवकका संस्थापक राजीव हलवाईले जानकारी दिए ।
उनले धरानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा राख्ने योजनामा रहेको बताए । ‘कमसेकम यहाँ आउने पर्यटक, बाटो हिँड्ने सर्वसाधारणले बाटोमा जताततै मास्क, कागज, पेपर कप, बोतल, चुरोट–खैनीका बट्टा, चाउचाउ, बिस्कुटका खोलहरु नफालेर डस्विनमा फ्याल्नुपर्छ भन्ने संस्कारको विकास गर्न यस्तो अभियान चालिएको हो’, उनले भने ।
१२ नं. का वडाका वडा सदस्य ब्रह्मज्ञ भट्टराईले पनि यो अभियानमा वडालाई समन्वय गरिदिनु भनेर प्रस्ताव आएपछि सहकार्य गर्दै आएको बताए । ‘यस्तो कामका लागि स्थानीयबासीले साथ सहयोग गर्ने हो भने धरानको पर्यावरणमा समेत टेवा पुग्ने र धरान सुन्दर सफाको शहरको रुपमा परिणत हुन्छ ।’ उनले भने ।
कार्यक्रममा सेवक अभियानका विनोद श्रेष्ठ, स्थानीयवासी गिरिराज अधिकारी र विनिता श्रेष्ठ समेत सहभागी थिए । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend